काठमाडौँ– कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै नेपालमा सोमबारदेखि बुस्टर खोपको मात्रा समेत दिन थालेको छ । सोहि क्रममा काठमाडौँ महानगरपालिकाले पनि अंग्रपक्तिंमा खटिने, कम रोग प्रतिरोध क्षमता भएका एवम् ६० वर्ष माथिका सबै समूहलाई बुस्टर खोप प्रदान गर्न थालेको छ ।


ADVERTISEMENT


यसका लागि व्यक्तिले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएको अवधि ६ महिना पूरा हुनुपर्ने प्रावधान रहेको छ, भने रोग प्रतिरोधात्मक क्षमता कम भएका समूहले उपचार गराईरहेको वा औषधी सेवन गरिरहेको अस्पतालको पुर्जा र ६० वर्ष माथिकाको हकमा उमेर खुल्ने परिचयलाई अनिवार्य गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, अंग्रपक्तिं तथा सार्वजनिक सेवामा खटिने सबै समूहले आफ्नो परिचय पत्र खुल्ने कागजात साथमा लगी बुस्टर खोपको डोज लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अंग्रपक्तिं तथा सार्वजनिक सेवामा खटिने यी समूहले  आफूलाई पायक पर्ने नजिकैको जुनसुकै खोपकेन्द्रमा गएर बुस्टर खोप लगाउन सक्नेछन्ः

बुस्टर खोप लगाउन पाइने समूह

–स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी तथा सम्पूर्ण कर्मचारी
–सुरक्षाकर्मी(नपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी)
–फोहोर संकलन तथा सरसफाईकर्मी
–महिला स्वयम्सेविका
–त्रिभुवन विमानस्थलमा खटिने कर्मचारी
–सार्वजनिक क्षेत्र वा सरकारी कार्यलयमा कार्यरत कर्मचारी
–बैंकका कर्मचारी
–सञ्चारकर्मी/पत्रकार
–सार्वजनिक यातायातका चालनक तथा सहचालक ।

हाल बुस्टर खोप वितरण भइरहेका खोप केन्द्रहरु

१. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
२. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
३. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
४. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
५. वीर अस्पताल, महावौद्ध
६. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली
७. शहीद शुक्रराज अस्पताल, टेकु
८. निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर
९. सुभेक्षा अस्पताल, सितापाइला
१०. जनमैत्री अस्पताल, बालाजु
११. पिपुल्स डेन्टल कलेज, सामाखुशी
१२. नर्भिक अस्पताल, थापाथली
१३. नोबल अस्पताल, सिनामंगल
१४. बयोधा अस्पताल, बल्खु
१५. शहीद मेमोरियल अस्पताल
१६.एपेक्स पोलिक्लिनिक, जडिबुटी
१७. ग्रान्डी अस्पताल, धापासी
१८. काठमाडौँ मोडेल अस्पताल, प्रदर्शनी मार्ग ।