काठमाडौं – नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले यो वा त्यो बहानामा संविधान भन्दा बाहिर जान नसकिने टिप्पणी गरेका छन् । आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको बताउदैं महरले अमुक व्यक्ती र पार्टीको हितलाई ध्यानमा राखेर संविधान भन्दा बाहिर जान नसकिने बताएका हुन् ।


ADVERTISEMENT


‘नेपाली काँग्रेस संस्कारले नै लोकतान्त्रिक पार्टी हो ।आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो ।, महरले भने, ‘तसर्थ यो वा त्यो वहानामा अमुक व्यक्ति र पार्टीको हित लाई ध्यानमा राखेर, संविधानले व्यवस्था गरे भन्दा बाहिर जान सकिदैन।’


ADVERTISEMENT

# # #


नेकपा एमालेको गैह्रलोकतान्त्रिक चरित्रका कारण निर्वाचन आयोगले प्रस्ताव गरेको समय तालिका प्रभावित हुनेमा नेता महरले चिन्ता व्यक्त गरेका छन् ।

एमालेका कारण आवश्यक नियम कानुन निर्माणमा ढिलो भएर आयोगले प्रस्ताव गरेको समय तालिका प्रभावित हुने होकि भन्ने चिन्ता चाँही काँग्रेसको हो ।, नेता महरले भनेका छन् ।