काठमाडौँ – पूर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चौथो सेमेस्टर तहको परीक्षा अनलाईन मध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


बिना तयारी भौतिक रुपमा परीक्षा लिँदा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अनलाईनबाट परिक्षा लिनुपर्ने भन्दै विद्यार्थीहरुले बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा लिन लागेको आरोप पनि लगाएका छन् ।


ADVERTISEMENT

# # #


कलेज कै कारण विद्यार्थीहरु आफु र आफ्ना परिवारलाई समेत कोरोना सर्ने खतरा सिर्जना भएकाले विरोध गर्नुपरेको गुनासो उनीहरुले गरेका छन् । आफूहरुका मागका बारेमा सरोकारवालाई भन्न खोज्दा प्रहरीले रोकेको आरोप उनीहरुले लगाएका छन् । विद्यार्थीहरुले परीक्षा रोकेर विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।