काठमाडौँ– डिश होमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ। डिश होम ले आफ्ना ‘डिलर दाईहरु; लाई क्षेत्रीय कार्यालय मा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ ।


ADVERTISEMENT


गण्डकी क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको हो ।


ADVERTISEMENT

# # #


गण्डकीमा डिश होम, डिश होम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याउने पोखराका दिप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङजाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्स लाई उपहारस्वरुप एक/एक थान ल्यापटप प्रदान गरिएको छ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले प्रशंशा पत्रसहित सम्मान गरेका छन् ।