काठमाडौँ – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गरिदिने भन्दै दिएको धम्की आपत्तिजनक रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै नेता ज्ञवालीले जनता समाजवादी पार्टीका नेतृसमेत रहेकी मन्त्री यादवले ‘गौर नरसंहार’ गराएर हत्या गर्ने खुला धम्की दिनु आपत्तिजनक र बर्बरतापूर्ण रहेको बताएका छन् । साथै उनले यादवको उक्त धम्कीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द गरिनुपर्ने ज्ञवालीको भनाई छ । ज्ञवालीले भनेका छन्, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ुगौर नरसंहारुगराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक र बर्बरतापूर्ण छ, यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ।अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस् !’

बुधबार रौतहटको गौरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो गतिविधि नरोके हत्या गरिदिने धम्की दिएकी थिइन् ।

उनको उक्त धम्कीको चौतर्फी विरोध भइरहेको छ । कतिपयले उनलाई मन्त्री पदबाट हटाइनुपर्ने माग गरेका छन् ।