काठमाडौँ– पछिल्लो समयमा विश्व जगतमा (हार्टअट्याक)हृदयघात निकै ठूलो रोग बन्दै गइरहेको छ । अकालमै कयौँ युवाहरुले ज्यान गुमाइरेका छन् । नेपालमा पनि हृदयरोगका बिरामी बढ्दै गएका छन् ।


ADVERTISEMENT


स्वस्थ्यलाई ध्यान नदिँदा यस्ता समस्या दिनानुदिन बढ्दै गइरहेका छन् । आखिर किन हुन्छ त हृदयरोग ? यसलाई कसरी पार लगाउन सकिन्छ ? भन्ने कुराहरु तल प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT

# # #


के हो हृदयघात ?

मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीका अनुसार मुटुले पम्प गरी शरिरभरि रक्तसञ्चार गर्ने गर्छ । मुटुलाई पम्प गर्नका लागि उर्जा चाहिन्छ । त्यसका लागि ग्लुकोज र अक्सिजनको आवश्यकता पर्छ । मुटुको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीबाट शक्ति आर्जन गर्दछ । त्यसैले कोरोनरी नली संधै सफा हुन आवश्यक छ । विविध कारणले यी रक्त नलीमा क्लोस्टा्रेल बोसो जमेर साँघुरो भएको खण्डमा रगतको प्रवाहमा समेत अवरोध सिर्जना हुन्छ ।

परिणाम मुटुमा ग्लुकोज र अक्सिजनको मात्रा कम हुन जान्छ । कोरोनरी नली पूरै बन्द भएको अवस्थामा रगतको प्रवाह पनि ठप्प हुन्छ । मुटुलाई उर्जा प्रदान गर्ने तत्व बन्द भएको अवस्थामा मुटुका केही मांशपेशीमा क्षति हुन्छ । यस्तो अवस्था लम्बिएमा मुटुले काम गर्न छाड्छ । यसैलाई नै हृदयघात भनिन्छ । कोरोनली रक्तनली साँघुरिएको ठाउँमा चिरा पर्यो भने मानिसको मृत्यु हुन्छ ।

यस कारण हुन्छ हृदयाघात

  • मुटु छातीको दायाँ भागमा हुन्छ । त्यसैले छातीमा देखिएको समस्या हृदयाघातको लक्षण पनि हुन सक्छ । छातीको बीच भागमा अत्यन्त पीडा भएको अवस्थामा हृदयाघात हुन सक्छ ।
  • जतिवेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको हुन सक्छ । जटिल काम गर्दा थकाइ लाग्नु स्वाभाविक भए पनि जुनसुकै अवस्थामा पनि थकानको महसुस हुनुले भने मुटुसम्बन्धी समस्यालाई इंगित गर्छ ।
  • खलखली पसिना आउने, वेलावेला मर्ने त्रास पैदा हुने, चक्कर लाग्ने पनि हृदयाघातको लक्षण हुन् .
  • छातीमा पीडापछि वाकवाकी लाग्ने र उल्टी हुनेलाई पनि हृदयाघात हुन सक्छ ।
  • श्वासप्रश्वासमा समस्या हुँदै गएमा, दम बढेमा हृदयाघात हुन सक्छ ।
  • कतिपय मानिसलाई वंशाणुगत कारणले पनि मुटुमा समस्या हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, धूम्रपान, उच्च कोलेस्ट्रोल मुटुरोगका कारण हुन् ।

हृदयाघात हुन नदिन के गर्ने ?

  • हृदयाघातलाई रोक्न वा हृदयाघात हुन नदिनका लागि धेरै उपाय अपनाउन सकिन्छ । त्यसमध्ये व्यवस्थित खानपान, नियमित व्यायाम, शारीरिक सक्रियताले मुटुरोगलाई दूर गर्नका लागि मद्दत गर्दछ ।
  •  व्यस्त दैनिकी, मानसिक तनावलगायतका कारण युवाहरूमा हृदयाघात हुने प्रबल सम्भावना हुन्छ । त्यसैले यस्ता कुरालाई ध्यान दिन जरुरी हुन्छ ।
  • कतिपय युवाले आफ्नो जीवनलाई व्यवस्थित गर्न सकिरहेका हुँदैनन् । अव्यवस्थित जीवनयापन पनि हृदयाघातको प्रमुख कारण हो । त्यसैले मुटुरोगबाट बच्नका लागि व्यवस्थित जीवनशैलीसँगै शरीरलाई स्वस्थ राख्नुपर्छ ।
  • नुन, चिल्लो, हरियो सागपात, गेडागुडी र फलफूलको नियमित प्रयोगले पनि मुटुरोगबाट बचाउँछ ।
  • शरीरको तौल बढी भयो भने पनि मुटुमा समस्या उत्पन्न हुन्छ । त्यसैले तौल सन्तुलित राख्ने उपायहरू अवलम्बन गर्दै जानुपर्दछ ।
  •  एकपटक हृदयाघात भएको मानिसले जीवनभर औषधि प्रयोग गर्नुपर्छ । किनकि, यो जुनसुकै समयमा पनि दोहोरिन सक्छ ।
  •  हृदयाघातको समयमै उपचार गर्न सकियो भने निदान गर्न गाह्रो हुँदैन । तर, थोरै पनि हेलचेक्र्याइँ गरियो भने ज्यानै जान्छ । हृदयाघात भएको ६ घन्टासम्म उपचार गर्न सकिएन भने मानिसको मृत्यु हुन सक्छ ।