काठमाडौँ – काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले जाँचमा कडाई गरिएको हो ।


ADVERTISEMENT


प्रहरीले नियम उलंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने गरेको छ । जोर बिजोरको नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू गरिएको छ । यससंगै आइतबार उपत्यकाको सडकमा अन्य समयको तुलनामा सवारीको चाप पनि न्युन देखिएको छ ।


ADVERTISEMENT

# # #


निकै संक्रामक मानिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ । यस्तै, ७ माघदेखि नैै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्डलार्ई अनिवार्य गरिएको छ ।