काठमाडौँ– नवलपरासी क्षेत्र नं २ मा वाम गठबन्धनलाई फेरि अर्को झड्का लागेको छ । एकै पटक एमालेका सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


नेपाली काङ्ग्रेस सुनवल नगर कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा मगर संघ सुनवल नगर वडा १ संयोजक हेम बहादुर थापा को नेतृत्वमा करिब १०० जना नेता कार्यकर्ता एमाले परित्याग गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

नगर प्रमुख तथा प्रचार प्रसार संयोजक भरत थापा को विशेष पहलमा पार्टी प्रवेश गरेका हेम बहादुर थापाले भने, ‘सबै जात र बर्गको पार्टी केवल नेपाली काङ्ग्रेस हो । जो लोकतन्त्रको असली हिमायती छ ।’

कार्यक्रममा नेपाली कांंग्रेस केन्द्रिय सदस्य तथा पूर्वगृह राज्यमन्त्री र प्रतिनिधि सभा २ उम्मेदवार श्री देवेन्द्र राज कंडेल, प्रदेश २ क प्रचार प्रसार संजक भरत थापा, प्रदेश सभा सद्स्य उम्मेदवार २ क गुणनिधि तिवारि लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, कंडेलको नेतृत्वमा रामग्राम नगरपालिका वडा न १४ को अम्रौट , कुनरु पलट, परसावल , श्रीनगर लगायतका ठाउँहरुमा सोमबार नै
घरदैलो समेत भएको छ ।