काठमाडौँ–  नेपाल विद्यार्थी संद्धका अभ्यक्ष नैनसिंह महरले विश्व कम्युनिस्टको इतिहास हत्या हिंसामा लिप्त भएका कारण लोकतन्त्र जोगाउनका लागि देशभरका युवा नेपाली कांग्रेसको साथमा लागेको बताएका छन् ।


ADVERTISEMENT


नेविसंघ चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. २ कञ्चनपुरद्वारा आयोजित राष्ट्रिय रणनीतिक प्रशिक्षण कार्यक्रममा उनले कम्युनिस्ट देशमा हत्या हिंसाले प्रशय पाएको बताए ।


ADVERTISEMENT

# # #


उनले कम्युनिस्ट व्यवस्थाले जनताको स्वतन्त्रता रक्षा गर्न नसक्ने बताए । साथै उनले कम्युनिस्ट व्यवस्थाले मुलूकमा अधिनायकवाद निम्त्याउने भएकाले देशको विकास नहुने दाबी गरे ।

देशचर कांग्रेसको पक्षमा उभार आइसेको बताउँदै उनले विजय यात्रा रोक्न सक्ने कुनै पनि शक्ति नभएको दाबी गरे । कार्यक्रममा पाँच सयभन्दा बढी नेविसंघका युवाहरुको सहभागिता थियो ।