काठमाडौं – सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।


ADVERTISEMENT


आव २०७७-७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।


ADVERTISEMENT

# # #


गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैङ्कले दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो ।

यस अवधिसम्म बैङ्कको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ । यसअघि नबिल र एनआईसी एसिया बैङ्क नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैङ्क नाफामा पनि अगाडि देखिएको हो । गोरखापत्र दैनिकबाट ।