जनकपुर – भारत सरकारले नेपाल–भारतबीचको धार्मिक तथा ऐतिहासिक सम्बन्धलाई बढाउने उद्देश्यले भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म फोरलेन सडक निर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


भगवान रामको जन्मभूमि अयोध्यादेखि सीता माताको जन्मस्थल जनकपुरधामलाई जोड्न जनकपुर प्रवेश गर्ने नेपाली सीमा अवस्थित भिठ्ठामोडसम्म भारत सरकारले फोरलेनको सडक बनाउने भएको हो । उक्त सडकलाई ‘रामजनकी मार्ग’ नामकरण गरिएको छ ।


ADVERTISEMENT

# # #


भारतको उत्तरप्रदेश राज्यमा पर्ने अयोध्यादेखि नेपाल जोड्ने भिठ्ठामोड नाकासम्म फोरलेनको रामजानकी सडक मार्ग निर्माण सम्बन्धमा भारतका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण मन्त्री नितिन नवीनलाई पत्रमार्फत जानकारी गराएका छन् ।

भारतका केन्द्रीय मन्त्री गडकरीले बिहारका मन्त्रीलाई लेखेको सो पत्रमा भनिएको छ, ‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको विहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु ।’