काठमाण्डौं-संयुक्त राज्य अमेरिकाले आगामी आइतबार हुने निर्वाचन शान्तिपूर्णले रुपमा सम्पन्न गराउन सबै पक्षलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


काठमाडौंस्थित अमेरिकी दुतावासले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णले रुपमा सम्पन्न गराउन आग्रह गरेको हो । दलका उम्मेदवारमाथि विभिन्न स्थानमा भएका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुतावासले हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कार्य निन्दनिय भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


हिंसा वा हानीको डर त्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त भएको दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको कानून र संविधानमा व्यवस्था गरिए बमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न दुतावासले सबै पक्षलाई अमेरिकी दुतावासको आग्रह छ ।

सुरक्षा निकायलाई कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मापदण्डहरूको पालना गर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

शान्तिपूर्ण, समावेशी, व्यापक समर्थन प्राप्त तथा विश्वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालासंग सहकार्य गर्न समेत संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको जनाएको छ ।