काठमाण्डौं-महानगरीय प्रहरी परिसर ललितपुरले विदेश पठाई दिने भनी ठगी गर्ने एक जनालाई ग्वार्कोबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


विभिन्न व्यक्तिलाई कोरिया, जापान लगायतका देश पठाई दिने भन्दै ३ लाख भन्दा बढी ठगी गर्ने सर्लाही मलंगवाका संजिव कुमार प्रसाद साहलाई ग्वार्कोबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


साहले आफु कृषि कार्यालय खुमल्टारको अधिकृत भएको भन्दै विदेश पठाई दिने भन्दै विभिन व्यक्तिसंग रकम असुलेका थिए । उनीहरुले दिएको उजुरीका आधारमा प्रहरीले साहको साथबाट विभिन्न व्यक्तिको राहदानी र २ लाख ७ हजार नगद समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर नखिपोटका भिम कुमार माबोबाट २ लाख, हरिसिद्धि बस्ने सुरेन्द्र नेम्वाङबाट २ लाख ५६ हजार, काठमाडौं ६ बौद्ध बस्ने धनलक्ष्मी थापाबाट २ लाख ५६ हजार र लालबहादुर लिम्बुबाट २० हजार लिई ठगी गरेको उजुरीका आधरमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।