काठमाण्डौं-नवलपरासीको पूर्वी भेगमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवारी दिएका ४ जनाले आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।


ADVERTISEMENT


राप्रपा र कांग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी पूर्वी नवलपरासीमा प्रदेश तर्फ राप्रप्रका चार जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस महामन्त्री डा. शशांक कोइराला र राप्रपाका जिल्ला अध्यक्ष दल बहादुर केसी सहितको नेतृत्वले कावासोतीस्थित कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पूर्व नवलपरासीको क्षेत्र नम्बर १ र २ अन्तरगत प्रदेश क र ख मा उम्मेदवार रहेका टेकहरी पौडेल र बिष्णु पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी गराए । त्यसै गरी क्षेत्र नम्बर २ को प्रदेश उम्मेदवार घनश्याम अधिकारी र कृष्ण नेपाललीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

केसीले लोकतान्त्रिक गठबन्धनसंग तालमेल गर्ने केन्द्रीय नीति अनुसार आफुहरुले प्रदेशमा प्रत्यक्ष तर्फ कांग्रेसका उम्मेदवारलाई मत हाल्ने र समानुपातिकमा राप्रपालाई नै मतहाल्ने गरी कांग्रेससंग सहमति गरेको बताए ।

पूर्वी नवलपरासीबाट २ क्षेत्रको प्रतिनिधि सभामा राप्रपाले उम्मेदवारी दिएको छैन । कांग्रेस जिल्ला कार्य समिति र राप्रपा जिल्ला समितिको ५ पटक सम्म भएको वार्ता भएपछि उम्मेदवारी झिक्ने र कांग्रेसलाई सघाउने लिखित सहमति भएको कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेले बताए ।

उनीहरुले कांग्रेसका चुनाबी सभामा हिंडेर राप्रपाको उम्मेदवारी फिर्ता लिएको र कांग्रेसलाई सघाउन मतदातालाई अपिल गरेका छन् ।