काठमाण्डौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइका गर्न थालेको छ ।


ADVERTISEMENT


मंसिर २१ मा हुने निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तिव्रता दिने क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो बढेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनका कर्मचारीले पूर्व–पश्चिम राजमार्गका विभिन्न बिजुलीका पोल, प्रतीक्षालय, मुख्य बजारका चोकमा टाँगिएका होर्डिङ बोर्ड, तुल ब्यानर तथा पोस्टर हटाउनुका साथै दलका उम्मेदवारलाई त्यस्ता सामग्री आफै हटाउन सचेत पनि गराएको थियो ।


ADVERTISEMENT

# # #


सोमबार जिल्लाको चारनम्बर, गजेहडा, ओदारी, पतरियालगायतका स्थानमा प्रचार सामग्री हटाएको निर्वाचन अनुगमन अधिकृत लेखनाथ अर्यालले बताए ।तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यको निर्वाचन हुने यस जिल्लामा तीन लाख ११ हजार ७६० मतदाता छन् । नौ पदका लागि जिल्लामा २४ दल र स्वतन्त्र गरी १८१ उम्मेदवार चुनावी मैदानमा छन् ।