काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनको परिणामले तरंग ल्याउने बताएका छन् । सबैै सिट गठबन्धन दलले जित्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले संविधानलाई सर्वोपरी राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफुहरुको जोड रहेको जनाउँदै राष्ट्रियसभा निर्वाचनको सबै सिट गठबन्धन दलले जित्ने दाबी गर्दै उनले त्यसको परिणामले तंरग पैदा गर्ने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्नेमा समेत जोड दिएका छन् । नेपालले मुलुकको खर्च जोगाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले संविधानलाई सर्वोपरी राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गर्दै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीमा भने व्यक्तिवाद हाबी भएको आरोप लगाएका छन् । सोहि कारण उनी अल्पमतमा पर्ने भएपछि संसद विघटन गरेको र त्यसपछि बाध्यताले प्रधानमन्त्री पद छोड्न बाध्य भएको अध्यक्ष नेपालले जनाए । ओलीले पार्टीलाई गुटको आधारमा सञ्चालन गरेकाले आफुहरुले विद्रोह गर्नुपरेको अध्यक्ष नेपालको भनाई छ ।

उनले पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेको लहर नै चलेको बताए कार्यक्रममा बिभिन्न पार्टीबाट आएका कार्यकर्तालाई समाजवादी प्रवेश गराइएको थियो ।