काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराइका भूभागमा हुस्सुरकुहिरो लागेको छ ।


ADVERTISEMENT


यसका साथै आज देशका केही भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


ADVERTISEMENT

# # #


प्रदेश–१, प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।