काठमाडौँ– जेसीसको धरान शाखाले आफ्नो पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । आइतबार एक समारोहबीच संस्थाले आफ्नो ४५ औँ तथा जुनियर धरान जेसीसको २५ औँ पदस्थापना कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


सुनसरी वाणिज्य संघ, धरानको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा नव निर्वाचित शाखा अध्यक्ष प्रतीक श्रेष्ठद्वारा निर्वाचित कार्यसमिति तथा मनोनित बोर्डका सदस्यहरुले शपथ ग्रहण समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्य एवम् गतवर्ष २०२१ का अध्यक्ष जेसी मणिराज अधिकारीको सभापतित्व रहेको सो कार्यक्रमले जेसी आशिषराज यादवलाई कानुनी सल्लाहकार, ऋषिराम भट्टराईलाई महासचिव तथा आयुष्मा शाक्यलाई कोषाध्यक्षमा नियुक्त गरेको छ ।

यससंगै सन् २०२२ का लागि संस्थाको कुल २५ जनाको बोर्ड गठन भएको छ ।