काठमाडौँ– सर्वोच्च अदालतमा बम राखिएको हल्ला गल साबित भएको छ ।


ADVERTISEMENT


मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो । लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए ।


ADVERTISEMENT

# # #


तर, खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयबहादुर चन्दले बताए ।

फोन गरेर बम राखिएको जानकारी दिने व्यक्तिको प्रहरीले खोजी सुरु जनाइएको छ ।

यसअघि अदालतका सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको थियो भने मंगलबारका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराइएको थियो ।