जनकपुरधाम । राष्ट्रिय जनता पार्टी राजपाका नेता तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र महतोले आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता बिमलेन्द्र निधीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


ADVERTISEMENT


चुनावी सभामा निधि बिरुद्ध आक्रामक देखिएपनि महतोले अस्पताल भर्ना भएको खबर पाउना साथ निधीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । आफ्नो आधिकारिक फेसबुक पेजबाट निधिलाई स्वास्थ्य लाभको कामना गर्दै महतोले निधि फेरी आफ्नो चुनावी अभियानमा फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि सोमवार साँझ काठमाण्डौंको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं ३ बाट राजपा नेता महतो र काङ्ग्रेस नेता निधिबीच चुनावी प्रतिस्पर्धा छ ।