काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेले समयमा नै स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने भन्दै चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । त्यस्तै दवाव स्वरुप सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा अन्तर्घात भएको भन्दै अनुशासनहीनता र अन्तर्घात छानबिन गर्ने निर्णय गरेको छ । बैठकले तुल्सीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मालाई पार्टीबाट निष्कासन गरेको छ भने प्रत्येक जिल्लामा एक जना आईटी विज्ञ राख्ने निर्णय पनि गरेको छ । प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको गुरुङले बताए ।

स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय एमालेले गरेको छ । पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको र केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

त्यस्तै बैठकले फाल्गुन चैत्रभित्र नविकरण र सदस्यता बितरण गर्ने र पार्टी सदस्यता शूल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको उनले बताए ।

बैठकले नवयुग पत्रिकालाई सैद्धान्तिक–वैचारिक मुखपत्रका रुपमा चौमासिक प्रकाशन गर्ने निर्णय गरेको छ । उपमहासचिव गुरुङले अहिले नै एमसीसीका बिषयमा पार्टीभित्र छलफल गर्ने समय नभएको जानकारी दिए ।