भक्तपुर – भक्तपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी छन्।


ADVERTISEMENT


चाँगुनारायण–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा ५ ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । गिरीको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्यलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस