काठमाडौँ– युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको उक्त गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ । टीका दाहालको सङ्गीतबद्ध उक्त गीतमा गायक प्रधानका बुबा राहुलको सङ्गीत संयोजन रहेको छ । साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


प्रेम र मनोरञ्जनलाई आधार बनाएर प्रस्तुत गरिएको श्रव्य–दृश्यमा बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन र निकेश खड्कासको निर्देशन रहेको छ । उक्त साङ्गीतिक श्रव्य–दृश्य सार्वजनिक गर्न अस्ट्रेलियास्थित कान्तिपुर होलिडेजको सहयोग रहेको जनाइएको छ ।

गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत् यो नयाँ भिडियो सार्वजनिक गरिएको बताइएको छ ।

भिडियो हेर्नुहोस् :