सुनसरी– सुनसरीको तरहरामा करिब १ करोड लागतमा गुम्बा बन्ने भएकोछ । नेपाली काँग्रेस प्रदेश नम्बर १ का सदस्य सिजन गुरूङले आफ्ना पिता दानबहादुर गुरूङले २४ बर्षअघि निर्माण गरेको तरहरा गुरूङ गुम्बामा थप भवन बनाउन लागेका हुन् ।


ADVERTISEMENT


‘२४ वर्ष अगाडि मेरो परम पुज्य बाबा स्व. दान बा गुरुङ ज्यू तरहरा गुरुङ गुम्बाको संस्थापक अध्यक्षको पदमा रहि सिल्यान्यास गरि निर्माण गरिएको तरहरा गुरुङ गुम्बाको आज अर्को मुख्य भवनको सिल्यान्यास गर्ने शुभ अवसर मिलेको छ’, युवा नेता गुरूङले हिमालयपोष्टसँग भने, ‘भावीको लेखान्त भनौं या आफ्नो कर्मको फल जे भनेनि आजको दिनलाई मैले मेरो जिवनको महत्त्वपूर्ण दिन मध्ये एकमा समाहित गराएको छु ।’


ADVERTISEMENT

# # #


उनले भने, ‘आफ्नो पिताजी र परिवार आफन्तजनले देखेको सपना साकार बनाउने अवसर जो कोहिलाई प्राप्त हुन सक्दैन ! तसर्थ आज मलाई मायाले भरिएको सम्मान सहित उक्त पुन्य अबसर प्रदान गरिदिनुहुने सम्पुर्ण आदरणीय मेरो तरहरा गुरुङ गुम्बा परिवारजनहरुमा म अन्तर हृदयबाट आभार सहित मुरी मुरि धन्यवाद दिन चहान्छु साथै तपाई, हामी र हाम्रा पितृले देख्नुभएको सपना पूरा गर्न सधै कटिबद्व रहने छु ।’

१ कठ्ठा ११ धुर क्षेत्रफलमा रहेको तरहरा गुरूङ गुम्बाले पवित्र रूपमा धार्मिक आस्थाका साथ सबैलाई जोड्ने नेता गुरूङले बताए ।