काठमाण्डौं-दरबारमार्गबाट तीन केजी अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । दरबारमार्ग प्रहरी वृतका डिएसपी तिलक भारतीले साँझ सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।


ADVERTISEMENT


पक्राउ पर्नेमा ढल्कुका २४ वर्षीय मोहन महर्जन र जडिबुटीका २२ वर्षीय आयूष बज्राचार्य रहेका हुन् ।उनीहरुले आजै मात्र सिटी सेन्टरमा उक्त सुन कसैबाट लिइएको बताइएको छ ।


ADVERTISEMENT

# # #


उनीहरु दुवै जना सुनचाँदी पसलमा काम गर्दै आएका थिए । प्रक्राउ परेकालाई उनीहरुलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृतमा राखिएको छ ।