काठमाडौँ– युट्युबमा विभिन्न भ्लग बनाएर चर्चामा आएका चेतन कार्की लागूपदार्थसहित पक्राउ परेका छन् । भ्लगर कार्की सिन्धुलीबाट पक्राउ परेका हुन् ।


ADVERTISEMENT


गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित राजमार्गस्थित बुधवार भएको प्रहरी चेक पोइन्टमा प्रहरीले उनीबाट गाँजासहित ब्राउन सुगर समेत बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर बर्दिबासबाट धुलिखेल आउँदै गरेका कार्कीको तलासीका क्रममा ट्र्याकको खल्तीबाट ४.१३० ग्राम ब्राउन सुगर र गितारको कभरमा ६.९४० ग्राम गाँजासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले बताए ।

म्युजिक प्रड्युसर समेत रहेका कार्कीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको उपरीक्षकले जानकारी दिए ।