काठमाण्डौं-अष्ट्रेलियाका फुटबल प्रशिक्षक एन्ज पोस्तेक्ग्लुले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


उनकै प्रशिक्षणमा अष्ट्रेलियाले एक साता अघि रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएको थियो । प्ले-अफमा होण्डुरसलाई ३-१ ले हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट भएको थियो । ५२ वर्षीय एन्जले राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी आफ्नो लागि भारी भएको र अब आराम गर्नका लागि राजीनामा दिएको बीबीसीले बताएको छ ।


ADVERTISEMENT

# # #


उनी सन् २०१३ देखि अष्ट्रेलियाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहँदै आएका थिए । उनले टिम सम्हालेपछि अष्ट्रेलिया ४९ मध्ये २२ खेलमा विजयी भएको छ ।