काठमाण्डौं-टेलिभिजन, कम्प्युटरलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै आँखामा देखा पर्ने ‘भिजन सिन्ड्रोम समस्या भोग्नेको संख्या बढ्दो छ । काठमाडौंंका आँखा अस्पतालमा हरेक दिन यस्तो समस्या लिएर आउने बिरामी बढिरहेका छन् । टिभी, कम्प्युटर र मोबाइलको उपयोग गर्दा निश्चित दूरी र समयको हेक्का नराख्दा स्कुले विद्यार्थी र अन्य पेसाकर्मी पीडित छन् ।


ADVERTISEMENT


नेपाल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा.नियाज कौसर मिकरानी पछिल्लो समय भिजन सिन्ड्रोम समस्याले पीडित हुनेको संख्या बढिरहेको बताउँछन् । उनी भन्छन, ‘आँखालाई आराम गर्न नदिई लगातार काम गर्नेहरूमा यो समस्या देखिएको छ । आँखाको परेलामाथि ४० वटा र तल्लो भागमा २५ वटा ग्रन्थी हुन्छन् । यी ग्रन्थीमा असर पर्नेबित्तिकै भिजन सिन्ड्रोमका लक्षण देखा पर्ने नेत्ररोग विशेषज्ञको भनाइ छ ।


ADVERTISEMENT

# # #


७ घन्टाभन्दा बढी समय टेलिभिजन हेर्ने वा कम्प्युटर चलाउनेलाई यो समस्याले पिरोलिरहेको पाइएको छ । आँखा झिम्कने प्रक्रिया रोकिनेबित्तिकै आँखामा तरल पदार्थ उत्पन्न हुँदैन । तरल पदार्थले भिजाएर चिसोपना राख्नुपर्नेमा आँखा मोइश्चर नभई सुख्खा हुन पुग्छ । दृश्य हेर्न सहयोग पुर्‍याउने नानी सुख्खा हुँदा लेयर हट्छ ।

दृश्य धमिलो देखिने, आँखा चिम्म गर्दा आनन्द महसुस हुने हुन्छ । त्यस्तै, टाउको दुख्ने काम गर्दा अल्छी लाग्नेजस्ता लक्षण देखिन्छन् । लगातार काम गरिरहनुको साटो बीचबीचमा आराम गर्ने, स्वच्छ पानीले बारम्बार आँखा सफा गर्ने, बाहिर टहलिने र पानी पिउनुपर्ने डा.शर्माको सुझाव छ । त्यस्तै, आँखालाई आराम दिनुका साथै आँखाको आवश्यक कसरतसमेत गर्नुपर्ने डा.मिकरानी बताउँछन् । कृत्रिम रूपमा तरल पदार्थ निस्कने औषधि राखेर भए पनि आँखामा चिसोपना गराउनुपर्ने सुझाव चिकित्सकको छ।