काठमाण्डौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलयले इटहरी उपमहानगपालिकाका केहि कागजपत्र नियन्त्रमा लिएको छ । आर्थिक अनियमितता भएको लिखित उजुरीको आधारमा मंगलवार दिउँसो १ बजे शाखा अधिकृत विष्णु थेगुवाको नेतृत्वमा पुगेको टोलीले निवेदन उपर परेका काजजात नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


थेगुवाले अख्तियारमा आएका उजुरीको आधारमा आर्थिक वर्ष २०७३/७४मा उपमहानगरले खरिद गरेको विद्युतीय चिममा ठूलो आर्थिक नोक्सानी पुयाएको आरोप अनुसार सम्बिन्धित फाइल नियन्त्रणमा लिइएको हो । उनका अनुसार अख्तियार कार्यालयमा केहि दिन अघि इटहरी नगरक्षेत्रमा जडान गर्न भनि तिहार अघि किनिएका विभिन्न विद्युत क्षमताका चिम तथा सेटमा लाखौँको घोटला भएको उजुरी परेको थियो ।


ADVERTISEMENT

# # #


उजुरी अनुसार इटहरी उपमहानगरपालिकाका मेयर तथा उपमेयरले सार्वजनिक खरिद ऐनको धज्जि उडाउँदै ९० लाख बढिको विद्युतिय सामाग्री खरिद गरिएको छ । उक्त सामान खरिदमा बजारमा पाउने मुल्य भन्दा ५ सय प्रतिशत बढि मुल्य तिरेको पाइएको भन्दै इटहरी ४ का सुनिल कार्की, राजन भट्टराइ र हिरा आचार्यले इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यलयमा लिखित उजुरी गरेका थिए ।

अख्तियार स्रोतका अनुसार आर्थिक अनियमितता बारे केहि दिन अघि उपमहानगरलाई अख्तियारले फाइल उपलब्ध गराउन लिखित पत्रचार गरेको थियो । तर फाइल उपलब्ध नगराए पछि अख्तियारका अधिकारी स्वयम उपमहानगर पुगेर तोकिएको फाइल नियन्त्रणमा लिएर गएका हुन् ।