काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको बताएका छन् ।


ADVERTISEMENT


प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले सरकारको क्रियाकलापले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको र लोकतन्त्र नै संकटमा पुगेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने भन्दै गठबन्धन सरकारले आफ्नो अनुकुलताका लागि संविधानको मर्म माथि प्रहार गरेको औल्याए । उनले वर्तमान सरकारले एमसीसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाउदै एमसीसीका प्रतिनिधिलाई एमसिसी पारित गर्ने प्रतिबद्धता व्यक्त गर्ने र नेपाली जनतालाई एमसीसीको बारेमा गुमराहमा राख्ने काम गरेको जिकिर गरे ।

पूर्व मन्त्री समेत रहेका ज्ञवालीले सभामुखले संसदलाई बन्धक बनाएको आरोप लगाउदै सभामुखको भूमिका नै विवादास्पद रहेको बताए । उनले एमसीसी संसदमा लगेपछि नेकपा एमालेले आफ्नो धारणा राख्ने प्रष्ट पारे ।