गलेश्वर– गत विहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जाको विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।


ADVERTISEMENT


स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मत पछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएका धवलागिरि – १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार यही माघ २० गते विहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पु¥याए पछि सेवा अबरुद्ध भएको थियो । विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सुचारु भएका छन् । गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको उनले जनाए ।

यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको उनको भनाई छ । रासस