काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सोमबारदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गरेको छ ।


ADVERTISEMENT


महानगरले पहिलो खोप लगाएको २१ दिन पूरा भएका १२ देखि १७ वर्ष उमेर समूहलाई दोस्रो मात्रा दिन थालेको हो ।


ADVERTISEMENT

# # #


दोस्रो खोप लगाउनका लागि विद्यार्थीले अनिवार्य रुपमा पहिलो खोप लगाएको प्रमाणपत्र साथमा लैजानु पर्नेछ । यसका लागि महानगरले ३२ वटै वडाको विद्यालयलाई खोप केन्द्र तोकिएको छ ।

उक्त खोप केन्द्रहरु शनिवारबाहेक अरु सबै दिन बिहान १० बजेदेखि दिउँसोको ४ बजेसम्म खुला रहने महानगरले जनाएको छ । महानगरका अनुसार, सो खोप अभियान आउँदो फागुन ५ गतेसम्म चल्ने सञ्चालन हुनेछन् ।

यस्तै, महानगरले सबै वडा कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोप लगाउन निर्देशन समेत दिएको छ ।