काठमाडौँ– डिशहोम फाईबरनेटले बालाजु हाईटबाट आफ्नो सह–वितरणको थालनी गरेको छ ।


ADVERTISEMENT


क्रमिक रुपमा नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको फाईबरनेटले आइतबार एक समारोहबीच बालाजुको लोलाङ हाईटस्थित नयाँ सोरुमको समुद्धघाटनसंगै सह–वितरणको शुभारम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


डिशहोम फाईबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको उक्त सोरुम बालाजु ईलेक्ट्रिक ट्रेडर्सले सञ्चालन गर्ने कम्पनीले जनाएको छ । यससंगै विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि संस्थाको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको ट्रेडर्सले अब नयाँ सोरुममार्फत फाईबरनेटको सेवा प्रदान गर्नेछ ।

उक्त अवसरमा बोल्दै ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले नयाँ सोरुममार्फत अझै धेरै नयाँ ग्राहकहरु समेटिने विश्वास व्यक्त गरे । उनका अनुसार, ट्रेडर्सले हालसम्ममा एक हजारभन्दा धेरै ग्राहकमाझ डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराई सकेको छ ।

उक्त समारोहमा डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने, सेल्स अफिसर राम सुन्दर सिलाकर एवम् रविन थापालगायतको उपस्थित रहेको थियो ।