काठमाण्डौं-निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौं उपत्यका र वरपर सुरक्षा व्यवस्था कडा पारेको छ । देशभरकै सुरक्षा व्यवस्था कडा पारेर प्रहरीले चेकजाँच पनि बढाएको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी रानी पोखरीका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाट विगत २४ घण्टामा ९५ जनालाई नियन्त्रणमा लिइएको छ र पक्राउ पर्नेमा शंकास्पद गतिविधिमा देखिएको, मापसे गरी झै–झगडामा संलग्न भएको, फरार सूचीमा रहेका लगायत छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो समय शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन विशेष सक्रिय हुँदै आएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार काठमाडौं जिल्लाबाट ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जना पक्राउ परेका छन् । त्यसैगरी ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना पक्राउ परेका छन् । भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।