काठमाडौँ– नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले आफ्ना ग्राहकमाँझ पुनः नयाँ अफर लिएर आएको छ । विभिन्न नव अफरका साथ ग्राहकलाई सन्तुष्ट पार्दै आएको खल्तीले यसपटक भन ‘उडान अब मात्र रू. १’ अफर सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यसअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुन खल्तीले जनाएको छ । यति मात्र नभई हरेक दिन एक जनालाई रू. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ ।


ADVERTISEMENT

# # #


‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा १२०० रुपैयाँसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।

यो अफर २३ माघ देखि फागुन ३०,२०२२ सम्म मान्य हुनेछ। उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो ।यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने कम्पनीको चाहाना रहकेो उनको भनाई छ ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ ले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै अएको छ ।