युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ई को खेलमा इङ्गलिस टोली लिभरपुलले स्पेनिस टोली सेभियाविरुद्ध ३-० को अग्रता बचाउन सकेन । ३-३ को बराबरीसँगै दुवै टोलीले १-१ अंक बाँडे ।


ADVERTISEMENT


सेभियाले दोस्रो हाफमा ३ गोल गरेसँगै लिभरपुलले दोस्रो चरणमा प्रवेश गर्ने सुवर्ण अवसर गुमायो ।


ADVERTISEMENT

# # #


लिभरपुलले पहिलो हाफमा रोबर्टो फिर्मिनोको दुई तथा साडियो मानेको एक गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफमा विसाम बेन येड्डरले दुई तथा गुइडो पिजार्रोले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि लिभरपुलले जित दर्ता गर्न सकेन ।

स्पार्टाक मस्को र मारिबोरको खेल पनि १-१ को बराबरीमा टुंगियो । यससँगै समूहको शीर्ष ३ टोलीको दोस्रो चरणमा पुग्ने सम्भावना कायम छ । लिभरपुलको ९ अंक छ भने सेभिया ८ र मस्को ६ अंक लिएर बसेका छन् ।