काठमाडौं – कुन दिशामा बेडरूम हुँदा धन सम्पत्तिको रक्षा होला ? यी प्रश्रनको हामी सही उत्तर दिन गइरहेका छाैं ।  वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष महत्त्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनु पर्ने वास्तुको मान्यता छ । यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ ।


ADVERTISEMENT


– घरको उत्तर दिशामा घरका मुलीको बेडरूम हुनु अशुभ मानिन्छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घर मुली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने वास्तुको मान्यता छ ।


ADVERTISEMENT

# # #


– विवाहित जोडीको बेडरूम घरको पूर्व दिशामा हुनु पर्ने वास्तुको मान्यता छ । यसले उनीहरुको सम्बन्धमा र घरमा नकारात्मकता भित्राउने मान्यता छ ।

– घरमा पूर्वजका तस्बिर राख्नु राम्रो हो तर ती तस्बिर उत्तर दिशामा भने हुनु हुँदैन । मृतकका तस्बिर घरको उत्तर दिशामा राखे यसले धनको हानि गर्ने मान्यता छ ।

– पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरूम राख्नु हुँदैन । अन्यथा अनिद्रा र तनावको सिकार हुने वास्तुको मान्यता छ । यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुने मान्यता छ ।

– वास्तुशास्त्र अनुसार घर मुलीको बेडरूम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ ।