काठमाडौँ – स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिटै कोरोना विरुद्धको बुष्टर डोज प्रदान गर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्तीमा काम गर्नेलाई दिइएरहेको बुष्टर डोज केहि दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री खतिवडाले विद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने धारणा राखे । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खोपको अभाव हुन नदिने बताए । विपन्न वर्गका लागि स्वास्थ्य उपचार निशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुदा प्रभावकारी हुन नसकेको उनले बताए ।

अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुर लगाएत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।