काठमाडौँ – ओमानद्वारा आयोजित चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भोलिदेखि सुरु हुँदैछ । सन् २०२२ को अक्टोबरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपको ग्लोबल छनोट ‘ए’को पूर्वसन्ध्यामा हुन लागेको उक्त सिरिजमा आयोजक ओमान सहित नेपाल, आयरल्याण्ड र युएई खेल्दैछन् ।


ADVERTISEMENT


सिरिजको उद्घाटन खेल भोलि नेपाल र घरेलू टोली ओमानबीच हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । खेल हिमालय टेलिभिजनले प्रत्येक प्रशारण गर्ने बताइएको छ ।  नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार नै ओमान पुगेको छ । नेपाली टोलीले बिहीबार केही घण्टा ओमानको मस्कटस्थित ओमान क्रिकेट ग्राउन्डमा अभ्यास समेत गरेको छ ।


ADVERTISEMENT

# # #


टी–२० सिरिजपछि फेब्रुअरी १८ देखि ग्लोबल छनोटका खेल सुरु हुँदैछन् । उद्घाटन खेलमा फेब्रुअरी १८ मा नेपाल र आयोजक टोली ओमान भिड्दैछन् । प्रतियोगिताका लागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । यस्तै समूह ‘बी’मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन रहेका छन् ।

समूहका विजेता र उपविजेता टोलीले समेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । यसपटक नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।

ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुग्ने नेपाली टोलीको विश्वास रहेको छ ।

सबै तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)