ललितपुर – महालक्ष्मी नगर पालिका वडा नं ७ नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । शुक्रबार बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले उक्त भवनको उद्घाटन गरेका हुन् । नवनिर्मित वडा कार्यालय भवन ७७ लाखको लागतमा बनेको वडाध्यक्ष नकुल थापाले जानकारी दिए ।


ADVERTISEMENT


भवन उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष थापाले आगन्तुक सबै पाहुनासँग साथ र सहयोगको अपेक्षा रहेको बताए । उनका अनुसार नगरपालिकाका १० वटा वडामध्ये वडा नं ७ ले सबैभन्दा पहिले वडा कार्यालय बनाएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्य मन्त्री पाण्डेले थापाले वडामा गरेका कामको प्रशंसा गरे । थापाकै कार्यकालमा वडामा तीन वटा मोटरेबल पुल बनेकोमा गर्व लागेको पाण्डेको भनाइ थियो । स्थानीय तहले राम्रो काम गर्दै गएको खण्डमा प्रदेश सरकारले पनि त्यसमा सहयोग गर्ने मुख्य मन्त्री पाण्डेले बताए ।

यसैगरी कार्यक्रममा बोल्दै अन्य अतिथिहरुले पनि वडामा भइरहेका राम्रा कामको खुलेर प्रशंसा गरे । हाल वडामा १६ स्थानमा सीसीक्यामेरा जडान गरिएको छ । जसले चोरीजन्य अपराधका घटना कम गरिरहेको अतिथिहरुले बताए ।

अन्य वडाको तुलनामा वडा नं ७ मा विकासका कामले छिटो गति लिएको सहभागीहरुले बताएका छन् । वडाध्यक्ष थापाकाे कामबाट स्थानीय पनि खुसी रहेको एक स्थानीयले बताए ।