काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको ओम अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


ADVERTISEMENT


बुधबार बिहान अस्पताल पुगेका देउवाले निधिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । बुधबार बिहान नै कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।


ADVERTISEMENT

# # #


कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले हेरिरहेको छ । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए । त्यसक्रममा धूलोधुवाँका कारण केही असहज भएपछि उनी गत सोमबार काठमाडौं आएका हुन् ।