काठमाडौं –  त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अब टिकटको पीएनआर कोड देखाएर मात्रै प्रवेश पाइने भएको छ ।


ADVERTISEMENT


मोबाइलमा पीएनआर कोड मात्रै देखाएर यात्रुहरु आवतजावत गर्दा अनधिकृत रुपमा अनावश्यक मानिसहरु विमानस्थल प्रवेश गरेको भन्दै अध्यागमनले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालले हिमालयपोष्टलाई दिएको जानकारी अनुसार विमानस्थलमा हुने अनावश्यक भीडभाड र त्यसले निम्त्याउने सुरक्षा खतरालाई मध्यनजर गर्दै यसो गरिएको हो । त्यसैगरी सम्बन्धित एयरलाइन्सले तोकेको समयसीमाभित्रै विमानस्थल प्रवेश गर्नुपर्ने नियमलाई समेत थप कडाईका साथ कार्यन्वयन गरिएको छ ।

यात्रुहरुको सहज यात्रा र विमानस्थलको सुरक्षाको लागि कुनै कसुर बाँकी नराख्ने एसएसपी ढकालले बताए ।