काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजार २०० रुपैयाँले बढेर  ९६ हजार ७०० रुपैयाँ पुगेको छ । सुनकाे मूल्य प्रतितोला एक लाख पुग्न अब तीन हजार तीन सय रुपैयाँ मात्र बाँकी रहेको छ ।


ADVERTISEMENT


फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला  ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार २०० रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला  ९५ हजार रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  २० रुपैयाँले बढेर  एक हजार ३२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।