काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भोलि प्रतिनिधिसभामा टेबल गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले भोलि एमसीसी सम्झौता संसदमा पेश गर्ने जानकारी दिएका थिए । अघिल्लो पटक आफू सरकारमा रहँदा हस्ताक्षर गरेको र केपी ओली नेतृत्वको सरकारले त्यसलाई अघि बढाउन संसदमा दर्ता गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नु वर्तमान सरकारको दायित्व रहेको बताएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आज नेपाली काँग्रेस संसदीय दलकबो बैठकले पूर्वप्रधानमन्त्री केपी शर्माओलीले आफ्नो पालामा संसदमा दर्ता गराएको एमसीसीसम्बन्धी प्रस्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रियामा अघि बढाउनुपर्छ भनेर माग गर्ने निर्णय गरेको छ ।’

बैठकमा काँग्रेसले एमसीसीबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरेको महामन्त्री थापाले जनाए ।