काठमाडौँ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखबिरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् ।


ADVERTISEMENT


मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुखको गतिबिधिको विरोधमा व्यङग्यात्मक प्रदर्शन गरेका हुन् । प्रतिनिधिसभाको एमालेले गरेको बिरोध जस्तै उनीहरुले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे’ लगाउदै विरोध गरेका थिए ।


ADVERTISEMENT

# # #


युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाउदै एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधिशलाई महाभियोग लगाइएको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन पनि रोक्ने प्रयन्त भएको पनि बताए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै सांकेतिक रुपमा प्रतिनिधिसभाको बैठकको आयोजना गरिएको उनको भनाई छ ।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।