काठमाडौँ – नेपालमा मंगलबार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ४ हजार २ सय ५६ पीसीआर परीक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ८ सय ३९ एन्टीजेन परीक्षणका क्रममा १ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


त्यस्तै थप १ हजार ८ सय ३५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४२ हजार ७ सय ३७ जना निको भएका छन् । हाल नेपालमा १९ हजार ४ सय सक्रिय संक्रमित आइशोलेशन र १ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया