काठमाडौं – प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहालबीच एमसीसी आज संसद्‍मा टेबल नगर्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


बालुवाटारमा अहिले प्रधानमन्‍त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ । यसअघि प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो ।


ADVERTISEMENT

# # #


माओवादीले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ । सरकारमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छ । कांग्रेसले भने एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।