काठमाडौँ – ओमानमा आजदेखि सुरु भएको टी–२० विश्वकप छनोट समूह ‘ए’मा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा नेपालले आयोजक ओमानविरुद्ध ३९ रनको शनशनीपूर्ण जित हात पारेको हो ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनायो । ११८ रनको समान्य चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको ओमान १७ ओभरमा ७८ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


ओमानका लागि नाशिम खुसीले सर्वाधिक २४ रन बनाए । ओमानका लागि दोहोरो अंकमा रन बनाउने एक मात्र ब्याटर बनेका उनले आक्रमक ब्याटिङ गर्दै सन्दीप लामिछानेको तेस्रो ओभरको सुरुवाती ४ बलमा २ छक्कासहित १५ रन जोडेका थिए । यद्दपी उक्त ओभरको पाँचौँ बलमा सन्दीपले उनलाई बोल्ड आउट गरे । यस्तै जतिन्दर सिंह र अमिर कलिमले ९ रन बनाए ।

नेपाललाई शानदार जित दिलाउने क्रममा कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले घातक बलिङ गरे । त्यसक्रममा कमल सिंह ऐरीले ३ ओभरमा १५ रन मात्रै खर्चिएर ३ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १५ रन खर्चिएर २ तथा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए ।

अविनाश बोहराले ३ ओभरमा ११ रन खर्चिएर १ तथा जितेन्द्र मुखियाले ३ ओभरमा ९ रन खर्चिएर १ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि नेपालको खराब ब्याटिङ गर्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । त्यसक्रममा उनले ३७ बलमा २ चौकासहित ३८ रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाएर नटआउट रहे । उनले अन्तिम ओभरमा १५ रन जोडेका थिए । लोकेश बमले १७ बलमा १ छक्कासहित १६ तथा ज्ञानेन्द्र मल्लले १५ बलमा २ चौकासहित १५ रन बनाएर आउट भए ।

दीपेन्द्रसिंह ऐरीले १८ बलमा १ चौकासहित ११ रन बनाउँदा अन्यले दोहारो अ‍ैंक छुन सकेनन् । खराब सुरुवात गरेको नेपालले सुरुवाती चार ओभरमै ओपनरद्वय आशिफ शेख ९४० र कुशल भुर्तेल ९५० गुमाएको थियो ।

ओमानका लागि खाबर अलीले ३ विकेट लिए । त्यसक्रममा उनले ४ ओभरमा ३० रन खर्चिए । अन्तिम ओभरमा १५ रन खाए पनि सुरुवाती तीन ओभरमा ३ विकेट लिँदै १५ रन मात्रै दिएका थिए । यस्तै विलाल खानले २, फायज बट र जिशन मक्सूदले समान १–१ विकेट लिए ।

नेपालले दोस्रो खेल भोलि फिलिपिन्ससँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ११ः४५ बजे सुरु हुनेछ ।