काठमाण्डौं-भेट्रान स्पिनर शक्ति गौचन सिनियर नेपाली क्रिकेट टोलीमा फर्किएका छन् ।


ADVERTISEMENT


विश्व क्रिकेट लिग (डब्लुसिएल) चयाम्पिनयसिपअन्तर्गत युएईविरुद्ध हुने सातौँ चरणका लागि घोषित २० खेलाडीमा शक्तिले आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।


ADVERTISEMENT

# # #


गत महिना हङकङविरुद्धको डब्लुसिएलमा स्वास्थ्यका कारण शक्ति राष्ट्रिय टोलीबाट बाहिरिएका थिए ।

शतप्रतिशत फिट हुँदै शक्ति नियमित प्रशिक्षणमा छन् । मुख्य प्रशिक्षक जगत टमाटाले १६–२० नोभेम्बरसम्म खेलाइएको छनोट खेलका आधारमा २८ बाट २४ खेलाडी छनोट गरेका हुन् ।