काठमाडौँ– प्रजातन्त्र दिवस–२०७८ को अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ ।


ADVERTISEMENT


शनिवार मनाउन लागिएको ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी कल निःशुल्क प्रदान गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


यस्तै, टेलिकमले एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस समेत उपलब्ध गराउने भएको छ । सो अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ ।

कम्पनीले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।